विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएका छन् ।
प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धब पौडेलभन्दा पछाडि परेका सिटौला स्थानीय तहको मत गनेपछि विजयी भएका हुन् ।
प्रदेशसभा सदस्यतर्फ सिटौलाले २३८५ र स्थानीय तहतर्फ २९०७ गरि ५२९२ मत प्राप्त गरे भने पौडेलले प्रदेशसभातर्फ २४९१ र स्थानीय तहतर्फ २०७१ मत गरि ४५६२ मत पाए । सिटौला ७३० मतान्तरले बिजयी भएका छन् ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।
एमालेका पर्शुराम अधिकारीले एक सांसद र ५ स्थानीय तहका पदाधिकारीको मत पाए । उनको मत १४८ रहेको छ ।
प्रदेशसभातर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ एमाले उम्मेदवार कोइराला विजयी भएकी छन् ।