संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।

बिहिबार, १६ कार्तिक, २०८०, बिहानको १०:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर