मुख्यमन्त्री कार्कीद्वारा सहमतिको सरकारको आह्वान

झापा ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकारका लागि आह्वान गरेका छन् ।

आइतबार नेपाली काँग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गरेका हुन ।

संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उनले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपाली काँग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८(५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताए ।

सोमबार, १३ कार्तिक, २०८०, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर