विराटनगर । कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको निधन भएको छ ।२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट उनी निर्वाचित भएका थिए । उनी काँग्रेसका पुराना नेता हुन ।
भुटाहा गाविसका अध्यक्षसमेत रहेका अन्सारीको ८० वर्षको उमेरमा आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा निधन भएको हो ।
उनी नेपाली काँग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी भएका थिए ।
उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ ।