माओवादी पूर्ण क्रियाशील नहुँदा अतिवादीहरु सलबलायो : कार्की

मोरङ । माओवादी केन्द्रको केन्द्रीय सदस्य समिता कार्कीले नेता, कार्यकर्ताहरु पूर्ण रुपमा क्रियाशील नहुँदा धार्मिक अतिवादीहरु सलबलाएको बताएकी छन् ।पार्टीको मोरङ पथरीशनिश्चरे नगर समितिले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कार्कीले सो कुरा बताएका हुन् ।

नगरमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उदेश्यले पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै कार्कीले पार्टी धार्मिक अतिवादीहरुको पक्षमा नरहेको बताए । नेता कार्यकर्ताहरु पूर्ण रुपमा क्रियाशील नहुँदा राजावादी, हिन्दु अतिवादी र नव सामन्तहरु जुरमुराउन थालेको बताए । पार्टी केन्द्रीय सदस्य कार्कीले पार्टी क्रियाशील हुँदैजाँदा नेतृत्वले समाधानको नयाँ र उचित कदम चाल्ने बताए ।

माओवादी पार्टीको मुख्य योजना र भूमिकाको कारण राजतन्त्रको अन्त्य संघीय गणतन्त्र स्थापना भएकैले गाउँगाउँमा तिब्र रुपमा भौतिक, सामाजिक विकास भइरहेको तर्क कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ को पूर्ब उपसभामुखसमेत रहेका पार्टी केन्द्रीय सदस्य सरस्वती पोख्रेल, मोरङ जिल्ला संयोजक बिजय विस्वासले पार्टीको वर्तमान नीति र अभियान बारे विचार प्रस्तुत गरेका थिए । जिल्ला सहइन्चार्ज बालकुमार मगर, नेत्र पोख्रेल, किराती मोर्चाको महासचिव अर्जुन जम्नेली राई लगायतले पार्टी निर्माणको लागि सुझावहरु राखेका थिए ।

माओवादी केन्द्रले भदौ १६ गतेदेखि देशभर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घरघरमा माओवादी, जनजनमा माओवादी’ तीन महिने अभियान सञ्चालन गर्दैछ । अभियानको लागि पथरीशनिश्चरे नगरको १० वटै वडामा टोली खटाउने निर्णय अनुसार जिम्मेवारी तोकिएको छ । अभियान उद्घाटन अघि वडा वडामा बैठक राख्ने, नेता, कार्यकर्ता भेटघाट, बिभिन्न स्थानमा सार्वजनिक कार्यक्रमहरु गर्ने निर्णय भएको पार्टी नगर सचिव मान दियालीले बताए ।

सोमबार, ११ भदौ, २०८०, रातीको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर