समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् ।

आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडी बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दै छ । त्यसमा सबै प्रदेशहरूको पनि सहयोग अझै राम्रासँग हुने छ । भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

हामीलाई स्थिरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरूको अगाडी छैन ।’ उनले संघीय मन्त्रीहरूको क्वाटर पनि केही महिनाभित्रमा टुङ्गिने जानकारी दिए ।

आइतबार, १० भदौ, २०८०, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर