सरकारले सुन तस्करी, लगायतका काण्डहरू सूक्ष्म रूपले अनुसन्धान गरिरहेको छ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले, वर्तमान सरकारले भ्रष्टाचारका घटनामा गम्भीर ढङ्गले अनुसन्धानमा लागेको दाबी गरेका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शणनार्थी लगायतका काण्डहरू सूक्ष्म रूपले अनुसन्धान गरेको दाबी गरेका हुन् ।

उनले भने,‘वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरू सूक्ष्म रूपले अनुसन्धान गरिरहेको छ । मुलुकमा भइरहेको वर्तमान घटनाहरूले मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा नराम्ररी बिग्रेको छ, नेपाली काँग्रेसले अभिभावकत्व ग्रहण नगरे दिनप्रतिदिन छवि खराब हुँदै जान्छ ।’

उनले नेपाल अहिले चिनियाँ, भारतीय र युरोपियन मुलुकका तस्करहरूको अखडा र ट्रान्जिट पोईन्ट बनेको टिप्पणी गरे ।उनले वर्तमान सरकार विघटन नहुने सम्भावना नरहेको बताउँदै प्रचण्ड नेतृत्वको सरकार तत्काल परिवर्तन नहुने बताए ।

बिहिबार, ०७ भदौ, २०८०, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर