उपसभामुख दनुवार `अचानक बिरामी´ !

विराटनगर । काेशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू अचानक बिरामी भएकाेले प्रदेशसभाकाे बैठक संचालन गर्न असमर्थ रहेकाे जानकारी दिएकी छिन् ।

प्रदेशसभाकाे अध्यक्ष मण्डलका सदस्य ईस्राईल मन्सुरीलाई दिएकाे पत्रमा उनले यस्ताे जनाएकी हुन् ।  `मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछीका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक संचालन गर्न असमर्थ भएको हुँदा मेरो अनुपस्थितीमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संसोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न चार जना सदस्य मिति २०७९।०९।२६ गतेको दोस्रो बैठकले यस अघिनै माननीय सभामुख ज्यू बाट मनोनित भएको हुदा त्यसरी मनोनित गर्दा को देहायको क्रममा रहनु भएकी माननीय मालती कुमारी लिम्बुले मिति २०६० साल भाद्र १ गते नै आगामी केहि बैठकमा अनुपस्थितहुने सूचना दिइ सक्नु भएको छ भने वर्णानुक्रममा पहिलो कममा रहनु भएका माननीय अम्बर बहादुर बिष्टले पनि २०८० साल भाद्र १ गते नै सोहि व्यहोराको सूचना दिनु भएकोले मनोनित गर्दाको देहायको क्रमसंख्या र वर्णानुक्रमको हिसावले पनि तपाई दोस्रो क्रम संख्या र दोस्रो वर्णानुक्रममा रहनु भएको देखिएको ले म उपस्थित नहुन्जेल सम्म तपाईले प्रदेश सभा नियमावली को नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी चालु प्रदेश सभाको अधिवेशनका बैठकमा उपस्थित भइ बैठकको अध्यक्षता गर्न हुन कोशी प्रदेशसभा सचिवालय मार्फत यो सूचना दिएको छु’, पत्रमा उल्लेख छ ।

 

सोमबार, ०४ भदौ, २०८०, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर