संसद्को अवरोध खोल्न भएको छलफल सकारात्मक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकारात्मक भएको बताएका छन् ।

आइतबार आफैले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले छलफल सकारात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्षदलको नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझदारी बन्ने उनको दाबी छ ।

उनले भने,‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरूको बिचमा राम्रो भएको छ । प्रमुखप्रतिपक्षदलको नेता अस्वस्थ भएकोले आउनु भएन भोली फेरी बसेर समझदारी बनाउने भन्ने भएको छ ।छलफल सकारात्मक छ ।’

आइतबार, ०३ भदौ, २०८०, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर