पूँजीवादी संकटको विकल्प वैज्ञानिक समाजवाद

 मिलन अधिकारी

नेपालको कम्युनिस्ट आन्दोलनको असफलतालाई बुझ्न को लागि विश्व कम्युनिस्ट आन्दोलनको बारेमा बुझ्नै पर्ने हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनको १०० वर्षको इतिहास (अक्टोबर क्रान्तिदेखि अहिलेसम्म) लाई दुई फ्याक बनाएर हेर्दा पहिलो ५० वर्ष क्रान्तिमय देखिन्छ । जुन समयमा अक्टोबर क्रान्तिदेखि क्युवाली क्रान्तिसम्म सम्पन्न भएका छन् भने केही स्वतन्त्रता आन्दोलनसमेत सफल भएको पाइन्छ । तर बाँकी रहेको ५० वर्षलाई हेर्दा सबै प्रतिक्रान्ति मात्र भएको हामी सबैलाई थाहा छ । जसको कारण क्रान्तिद्वारा निर्मित व्यवस्थाहरु ढल्न पुगेका छन् । त्यही ढलानको सिलसिलामा नेपाल पनि चोखो रहन सकेन । र अन्तिम ढलान नेपालमा आइपुग्यो । यसरी हेर्दा ५० वर्षलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी देखिन्छ । आफूलाई बौद्धिक ठान्ने केही जमातहरुले कम्युनिस्ट आन्दोलनले सही नेतृत्व पाउन सकेन भन्ने तर्क जबर्जस्त प्रस्तुत गरेको पाइन्छ । यदि त्यसो हो भने ५० वर्षमा सबै असल र क्रान्तिकारीको मात्र जन्म हुने र पछिल्लो पचास वर्षमा चाँही सबै गद्दार र दक्षिणपन्थीको मात्र जन्म भएको हो त ? त्यसो हैन हामी कम्युनिस्टहरुले बुझ्नु पर्ने मुख्य विषय भनेको विश्व कम्युनिष्ट आन्दोलनले अहिलेको विज्ञान र प्रविधिको विकास अनुकुलताको आन्दोलनको विकास गर्न पर्छ भन्ने निष्कर्षमा पुग्नै पर्दछ । त्यसो भनिरहँदा पहिलेको आन्दोलन कस्तो भन्ने कुरा सम्झनै पर्ने हुन्छ । अक्टोबर क्रान्तिको बेलामा लेनिनले व्याख्या गरेको युग औद्योगिक युग जसमा हजारौं मजदुरहरु एउटा कारखानामा काम गर्छन् अनि तिनै मजदुरहरुको विद्रोहले नै क्रान्ति पूरा गर्ने मुख्य अभिभारा राख्दछ । जसलाई गोर्कीको ‘आमा’ पुस्तक ले पनि प्रष्ट पार्दछ ।

माओले क्रान्ति गर्दा विज्ञानले केही फड्को मारिसकेको अवस्था थियो र मजदुरबाट मात्र हैन अब राज्यको पहुँच बाहिर रहेका बहुसंख्यक किसान समुदायलाई साथमा नलिई क्रान्ति सफल हुँदैन भन्ने निष्कर्षका साथ नयाँ ढंगलेले छापामार युद्धको विकास गर्दै चिनीयाँ क्रान्ति सम्पन्न भयो । फेरि पनि चीनमा सबै समस्याको समाधान भएको छैन । त्यसको छुट्टै चर्चा गरौंला । नेपालमा भएको १० वर्षे जनयुद्ध चिनीयाँ क्रान्तिमै आधारित थियो र त्यो समय र प्रविधिको युगसम्म आईपुग्दा सही थियो । जब विज्ञान प्रविधिमा आएको फेरबदललाई आन्दोलनले साथमा लिन सकेन परिणामस्वरुप त्यो आन्दोलमा गम्भीर संकट देखा प¥यो र अन्ततः संसदवादमा बिसर्जन हुन पुग्यो । तर, त्यहाँ रहेको सम्पूर्ण शक्ति त्यसमा रमाउन सक्ने अवस्था थिएन किनभने त्यो केवल विद्रोह मात्र थिएन हजारौं सहिद, सेना र क्रान्तिकारीहरुको सपना पनि थियो ।

त्यसैले एउटा तप्का नयाँ ढंगले क्रान्तिको अभिभारा पुरा गर्ने उद्देश्यसहित बाहिर निस्कियो । त्यो नेपाली कम्युनिष्ट आन्दोलनको सुखद् पाटो नै हो । धेरैले यसलाई विशुद्ध फुटको अर्थमा मात्र लिने गरेका छन् । तर, यी सबै कुराले मात्र अबको कम्युनिष्ट आन्दोलनको दिशा निर्धारण गर्न सक्दैन । यी सबै कुराबाट के प्रष्ट हुन जरुरी छ भने अबको कम्युनिष्ट आन्दोलनले अहिलेको समयको आन्दोलन वा विचारको विकास खोजेको छ । लेनिनले व्याख्या गरेको युग समाप्त भएको कुरालाई स्वीकार्नु पर्दछ । यसो भन्दा प्रश्नहरु पनि आउन सक्छन् । तर, हामीले लेनिनवाद सकियो भनेका होइनौं । अब कित्ताकाट गरेर बहस गर्नु पर्ने हुन्छ कम्युनिष्टहरु भ्रम दिन पाइराख्ने ‘समाजवादी’ हुन् वा वैज्ञानिक समाजवादी । पक्कै पनि कम्युनिष्टहरुको रणनीति वैज्ञानिक समाजवाद नै हो । त्यसमा बहज गर्नै जरुरी छैन । सरोकारवाला समुदायले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने व्यवस्था नै वैज्ञानिक समाजवाद हो । जुन समाज विकास र विज्ञान–प्राविधिमा आएको परिवर्तनसँगै प्राप्त हुन्छ । क्रान्तिकारीहरुले सचेत प्रयत्न (क्रान्ति)को माध्यमबाट यसलाई स्थापित गर्नु पर्ने हुन्छ । उत्पादन शक्तिमा आएको फेरबदल र विज्ञानले प्राप्त गरेको उचाइलाई आधार मान्ने हो भने अहिलेदेखि नै वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ भन्ने कुरामा दुईमत छैन ।

आज विश्व पूँजीवाद गम्भीर संकटमा छ । आइफोन त्यसको उदाहरण हो । लाखौंको संख्यामा उत्पादन गर्नसक्ने क्षमता भएर पनि आइफोन सीमित मात्र उत्पादन हुन्छ । यो संकट पुँजीवाद माथिका संकट हो । यसलाई वैज्ञानिक समाजवादी उत्पादन प्रणालीले समाधान दिन सम्भव छ । त्यसैले अब त्यस तर्फ सोच्न जरुरी छ । यसलाई विज्ञानले सजिलो बनाइदिएको छ । बुझ्ने भाषामा वैज्ञानिक समाजवाद भनेको छ्यालब्याल हुने व्यवस्था हो । आजको विज्ञानले २ जनाले श्रम गरेर हजारौं मानिसलाई पुग्ने खाद्यान्य आदि वस्तु उत्पादन गर्न सक्छन् भन्ने उदाहरण इजरायल लगायतले विकास गरेको कृषि प्रविधिलाई लिन सकिन्छ ।

हामीले बुझ्न पर्ने कुरा के हो भने वैज्ञानिक समाजवाद कम्युनिष्टहरुको रणनीति हो भने जनमतसंग्रह कुनै राजनीति पार्टीको कार्यनीतिको विषय बन्न सक्छ । तर, रणनीतिलाई कार्यनीतिको विषय बनाउने कुरा नै गलत छ । जसले क्रान्ति र वैज्ञानिक समाजवाद प्राप्तिको बाटोलाई नै गोलमटोल बनाउने खतरा पैदा भएको छ । तसर्थ साँच्चिकै वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा लाग्ने हो भने, आजैका दिनदेखि पूँजीवादी समाजको विकल्पमा समानान्तर अर्थ व्यवस्थासहितको समाजवादी समाज निर्माणको थालनी गर्नुको विकल्प छैन ।

बुधबार, ०६ साउन, २०७८

प्रतिक्रिया

  1. जब मानव मस्तिष्कले प्राकृतिक घटनाक्रम र परिवर्तनलाई बुझ्न तथा विश्लेषण गर्न सकेन तब बाह्य शक्ति(ईश्वर)काे कारणले यी यावत घटनाक्रम घटेको हाे भनी एक किसिमको मान्यता निर्माण गर्याे।साेहि मान्यता क्रमश एक पुस्ता बाट अर्को पुस्तामा स्थापित हुदै अायाे।

    मानिसहरू समुदायमा बस्न सुरू गरेपछि विभिन्न नियमहरू बानाइदै अाए।भिन्न भिन्न भाैगाेलिक क्षेत्रमा बस्ने समुदायले अा-अाफ्नै नियमहरू बनाए।त्यतिबेला बनाइएको नियम नै तत्तत समुदायको कानुन बन्यो।स्वभावतः नियम बनाउने मानिसहरू समुदायका जेष्ठ,गन्यमान्य तथा उक्त समुदायको शासकहरूले बनाए।र पछि त्यसलाई पाप पुण्य,स्वर्ग नर्क तथा धर्मको नाममा विकसित गरियाे।समाजमा बस्ने सबैलाई केही शासकहरूले बनाएको नियममा बस्नु नै धर्म हाे र यदि त्यस अनुरूप नियमको पालना नगरे नर्क जाने भन्ने खालकाे डर देखाइयो र मानिसहरूलाई त्यही डरकाे परिधिभित्र बाँधिन बाध्य गराइयो।पुर्खा देखि चलिअाएकाे संस्कारलाई पछिल्ला पुस्ताहरूले पनि स्वत स्विकार्दै अाए।केही हदसम्म ती नियमहरू सामाजिक सुधारका पक्षमा पनि थिए नै।तर अधिकांश नियम चाहिँ समाजका निश्चित शासक वर्गहरूकाे पक्षमा नै थियाे।

    चाेरि गर्नु,झुट बाेल्नु, हत्या हिंसा गर्नु इत्यादी पाप वा अधर्म हाे भनी भन्नू त गलत हाेईन तर त्यहि काम शासकहरूले गर्दा चाहिँ नजरअन्दाज गर्नु तथा धर्मसंहिता नताेडिनु कतिकाे न्यायिक हुन्छ?हामी यसैपनि अन्दाज लगाउन सक्छौँ कि अहिलेकाे लाेकतान्त्रिक समयमा त अन्यायकाे विरूद्ध अावाज उठाउदा राज्यकाे शासनसत्तामा रहेकाहरूले दबाउन खाेज्छन भने पहिलेकाे त्याे समयमा शासकहरूकाे दमन कति चरम थियाे हाेला।

    धर्मका नाममा धेरै त्यस्ता मान्यताहरूकाे विकास हुदै अायाे जसले समाजमा
    तहगत संरचनाको निर्माण गर्दै अायाे। समाजमा जसकाे भाैतिक प्रतिष्ठा निम्न छ,समाजमा जाे कमजाेर छ, जाे शारीरिक बनावटमा अरूभन्दा भिन्न छ,त्याे वर्गलाई झनै याे मान्यताले दबाउदै अाईरह्याे।यी सबै मान्यताहरूकाे एउटा मिल्दोजुल्दो पक्ष चाहिँ के छ भने सबै समुदायका महिलाहरूलाई यसले तल्लाे दर्जाको बानायाे।चाहेे त्याे इस्लामी समुदायको हाेस, चाहे इसाई या हिन्दु यी सबै समुदायमा महिलाहरू प्रति निकै पक्षपाती मान्यताहरू निर्माण गरिएको हामी प्रष्ट देख्न सक्छौँ।दक्षिण एसियामा विकसित भएकाे हिन्दु समुदायमा त झन समाजलाई यसरी वर्गीकरण गरियाे कि एक निश्चित समुदाय मात्रै प्राकृति हकमा पनि सधैं अधिकारी रहने बनायाे,पाप पुण्य,स्वर्ग नर्क काे मान्यता लादेर तहगत संरचना निर्माण गर्दै मान्छे मान्छे मा नै जातकै अाधारमा ठुलाे र सानाे बानईदियाे।फलस्वरूप माथिल्लो जातका भनिनेहरू क्रमिक रूपमा राज्य तथा प्राकृति स्राेत र साधनको अधिक हकदार भयाे।र यसाे गर्नु नै धर्मसंहिता अनुरूप हुन्छ भन्ने संस्कृति स्थापित भयाे। साेचाैँ त के याे मानव सभ्यताको न्यायिक पक्ष हाे?

    अाजभन्दा २,५००बर्ष अगाडि नै सिद्धार्थ गाैतमले दक्षिण एसियामा विकसित यस मान्यताकाे बहिस्कार नै गरेका थिए।उनले धर्म र ईश्वरवाद अलग हुन भन्ने मान्यताकाे प्रतिपादन गरेका थिए। जुन कुरा वा विचार मानव समुदायले धारण गर्न याेग्य हुन्छ,जुन चिजलाई तथ्य र तथ्यांकअनुसार ठिक साबित गर्छ त्याे धारण गर्नुनै ठिक अर्थमा धर्म हाे भनेका थिए।पुर्वजन्म,पुनर्जन्म,भाग्यवाद स्वर्ग,नर्क लाई उनले ठाडै बहिष्कार गरे।यस अर्थमा ईश्वरवाद पुर्णतया काल्पनिक विचार मात्रै हाे यसकाे कुनै प्रमाण नै छैन र प्रमाण नभएको चिज धारण गर्नु धर्म हाेईन याे केवल अन्धविश्वास हाे।तर उनले प्रतिपादन गरेका सिद्धान्तलाई अहिले उनकै अनुयायी भनिनेहरूले अपनाउन नसक्नु विडम्बना हाे।

    अबको वैज्ञानिक युगमा मानव सभ्यतालाई अगाडि बढाउन वा अझ विकसित गर्न कुनैपनि काल्पनिक मान्यतालाई अात्मसाथ गर्न पर्दैन भनी बुझ्नु नै ठिक हुन्छ।हामीले इतिहासको घटनाक्रम तिर ध्यान दिन जरुरी छ किनभने अाजसम्म जतिपनि युद्ध भयाे त्याे काल्पनिक ईश्वरवाद कै दावि अथवा अलग अलग समुदायका बिच अाफ्नै ईश्वरवादकाे दबाब राखिरहन ठुलाे संख्यामा मानविय हिंसात्मक लडाइँ भए र भइरहेका छन।साच्चिकै मानव सभ्यताको सहि तरिकाबाट विकास चाहाने हाे भने यस्ता अन्धविश्वास तथा काल्पनिक विचारधारा त्याग्नैपर्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर