विराठनगर, २३ माघ/ मोरङको विराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो भएको छ ।
बिहीबार बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका चालक विराटनगर १७ का ४५ वर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । अटोमा सवार रहेका अन्य ३ जना घाईते भई सोही अस्पतालमा उपचार भईरहेरको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।