पत्रकारका लागि स्वास्थ्य सामाग्री उपलब्ध होस् : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारका लागि सुरक्षा र स्वास्थ्य सामाग्री उपलब्ध हुनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारहरुका लागि स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउन नसकेको बताउनु भयो ।

‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरुका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु,’ पत्रकारहरू संकटमा परेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण सञ्चार क्षेत्र संकटमा छ ।’

युुुनियनको दिवसका अवसरमा देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो ‘युनियन पात्रो’ समेत उदटन गर्नुभयो । ‘सुनसरीका साथीहरुलाई बधाई दिन चाहन्छु, अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण हुनु सह्रानीय छ,’ पात्रोको उद्घाटन गर्दै देउवाले भन्नुभयो ।

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउन अपिल गर्नुभयो ।

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा काम गर्दै जाने बताउनु भयो । कार्यक्रममा कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीब ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलगायतको सहभागीता रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । प्रेस युनियन सुनसरीले यसअघि जिल्लाका क्रियाशिल २ सय २० जना पत्रकारको कोरोना बीमा समेत गरेको अधिकारीको भनाइ छ ।

मङ्गलबार, १३ जेठ, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर