कञ्चटमा गोली लागेपछि असईको मृत्यु

काठमाडौं । काडमाडौंमा नेपाल प्रहरीका एक असईले आफैंलाई कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत महेश कार्कीले आत्महत्या गरेका हुन्।

कार्कीले आफैंलाई कन्चटमा गोली हानेर आइतबार बिहान आत्महत्या गरेको देखिएको महानगरीय प्रहरी कार्यलयका डिआइजी बिश्वराज पोखरेलले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आइतबार, ११ जेठ, २०७७, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर