मानव सहयोगी हातहरुद्धारा १ सय ४५ घरपरिवारलाई खाद्यान्न वितरण

विराटनगर : विराटनगर–८ स्थित अशोक चौकमा बसोबास गर्दै आएका लकडाउन प्रभावित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको छ ।

गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका गरिब जनताको रोजीरोटीमा असर परेको अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो । सोही क्षेत्रबाट निर्वाचित सांसद अमनलाल मोदीको सहयोगमा युवाहरुको सामाजिक संस्था मानव सहयोगी हातहरुको संस्थापक ताजिम अन्सारीको नेतृत्वमा उक्त खाद्यान्न वितरण गरिएको हो । आज उक्त क्षेत्रमा बसोबास गर्दै आएका १ सय ४५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको संस्थाका सचिव ताजिम अन्सारीले बताउनुभयो । उहाँले प्रत्येक घरपरिवारलाई १ बोरा भुजा, आदि किलो चना, काँक्रा र अन्य हरियो तरकारीहरु वितरण गरिएको जानकारी दिनुभयो ।

उक्त अवसरमा भने संस्थाका सदस्य शिवशङकर शाह, खरानन्द बाँस्तोला, मोहम्मद जाहगीर, उमेश ढुङ्गना, मोहम्मद सोनु, मोहम्मद आजाद र रजी आलम लगायतले सहजीकरण गर्नुभएको थियो ।

शुक्रबार, ०९ जेठ, २०७७, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर