विराटनगर । प्रदेश १ मा मंगलबार भएको सडक दुर्घटनामा दुई जना बालकको ज्यान गएको छ । मोरङको ग्रामथान र झापाको विर्तामोडमा भएका सवारी दुर्घटनामा दुईजना बालकको मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका ४ मोतीपुरमा ६३७४ नम्बर ट्याक्टरको ठक्करले स्थानीय दुई वर्षीय निखिल झाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते बालकको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
झापाको विर्तामोड नगरपालिका १० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीको ठक्करले स्थानीय चार सुदेन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।