डा.बालकृष्ण साह
कुनै समय थियो, डाक्टर भेट्न गा¥हो हुन्थ्यो । तर, अहिले पिट्न पनि गा¥हो छैन । हरेक दिनजसो कतै न कतै डाक्टर पिटिएको खबर आइरहेका हुन्छन् । र यस्ता खवरले “अहो ! डाक्टरलाई नै हात हालेछन् ?” भन्ने भन्दा पनि “ठिक पारेछन्” भन्ने कै जमात ठुलो हुन्छ भन्दा फरक नपर्ला ।
समान्यतया विमारीको अवस्था गम्भीर हुँदै गएपछि वा बिरामीको मृत्युुपछि उपचारमा संग्लग्न चिकित्सकलाई हातपात गर्ने घटनाहरु हुने गर्छन् । अझ कम उमेर वा अकस्मात हुने मृत्यु तथा अप्रेसन गरेका बिमारीहरुको मृत्युमा यस्ता अप्रिय घटनाहरु हुन्छन् । र विमारीका नजिकका नातेदारहरुबाट यस्ता घटना हुन्छन् ।
तर, कुनैकुनै बेला वृद्ध हजुरआमाको सफल उपचार हुदाहँुदै पनि उनका नातिका साथीहरुबाट उपचार गर्ने डाक्टरले झापड पाउने रहेछन् । फेरि त्यस्तो व्यक्ति (नातिका साथी) जसलाई हजुरआमा त के आमाले पनि राम्रोसँग चिन्दैनन् । सुन्दा अचम्म लाग्ला तर यस्तै घटना मंसिर ३० गते राति करिब ३ बजे विराटनगरको एक अस्पतालमा घटेको छ ।
विराटनगर १० का एक ९० वर्षे वृद्धलाई उच्च रक्तचाप, निमोनिया, मुटुको दीर्धरोग भएर पटक पटक अस्पतालमा भर्ना पनि उपचार गराउँदै आएका थिए । पछिल्लो पटक पनि केही दिन अगाडि मात्रै उपचार गरेको घर फर्केको ती वृद्धको एक्कासी पेट दुख्न थाल्यो । उनीसँगै रहेका उनका छोरीहरु आत्तिए । घरमा छोरा थिएन, छोरालाई फोन लगाएँ । छोरा (छोरीको छोरा–नाति) आउन नसक्ने भए, तर साथीहरुलाई अस्पताल पु¥याउने साधनका लागि अनुरोध गरे । ती नातिका साथीहरुले हजुरआमलाई अस्पताल पु¥याए ।
अस्पतालमा आकस्मिक कक्षका स्वास्थ्यकर्मीले प्रारम्भिक परीक्षण गरेर ड्युटीमा खटिएका डाक्टरलाई खबर गरें । डाक्टरले के भएर अस्पताल लिएर आउनु भएको भनेर ती युवाहरु (नातिका साथीहरु) लाई सोधे । चिकित्सकीय भाषामा जसलाई हिस्ट्री लिएको भनिन्छ । तर, ती युवाहरुले पहिला बिमारी किन नहेरेको भनी दुव्र्यहार गर्दै कस्तो डाक्टर भनी अपहेलना गरे । तर पनि डाक्टरले विमारीलाई परिक्षण गरेर औषधि प्रेस्क्राइब गरे । आकस्मिक कक्षमा उग्रता देखाइरहेका ती नातिका साथीहरुले ड्युटीका डाक्टरलाई पेट दुखाइको कारण सोधे । डाक्टरले “पत्थरी पनि हुन सक्ने” बताए । एक हप्ता अगाडिको भिडियो एक्स रे (युएसजी) मा पथ्थरी छैन, अहिले पत्थरी भनेर गलत उपचार गर्ने भनेर ती नातिका साथीहरु मध्ये एक जनाले डाक्टरलाई झापु लगाइदिए ।
कति सजिलो छ डाक्टर पिट्न ! पेट दुखाइको कारण पत्थरी हुन सक्ने भन्नु पनि डाक्टरको गल्ती ? अनि मानि लिऊँ गल्ती नै हो भने सजाय दिने कसले ?कानुनी व्यवस्था के छ ?
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६’ लाई अध्यादेश मार्फत २०७९ वैशाख २५ मा संशोधित गरिएको छ ।
सो ऐनको दफा ३ मा स्वास्थ्य संस्था आगजनी गर्न, तोडफोड वा अन्य हानि–नोक्सानी गर्न, कर्मचारीलाई कुटपिट गर्न, शारीरिक चोट पु¥याउन, हातपात गालीगलौच, धम्की वा अभद्र अपमानजनक व्यवहार गर्न, स्पष्ट व्यवस्था गरिएको छ ।
सो ऐनको दफा १५ मा सो कसुर गरेको अवस्थामा मुनासिब क्षतिपूर्तिका साथै एक वर्षदेखि तीन वर्षसम्म जेल, एक लाखदेखि पाँच लाख जरिवाना समेत हुने व्यवस्था छ । र, सबैभन्दा महत्वपूर्ण कुरा ऐनको दफा १३ मा दफा १५ को कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब देखिएमा अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखिने भनिएको छ । अर्थात् तोडफोड वा कुटपिट भएको अवस्थामा अभियुक्त सोझै थुनामा जानुपर्ने व्यवस्था छ । तर कार्यान्वयन कति छ ? सबैले देखेका छन् ।
यस्ता धेरै अवस्थामा दोषीलाई निरुत्साहित गरेर सेवामा खटिएमा चिकित्सकको मनोबल बढाउने कसले ? फेरि सभ्य समाजका समाजिक अभियानमा लागेकाहरुले कानुनी उपचार नखोजेर मिलाइदिन दवाव दिनुलाई के भन्नु ?