पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको आज निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

२०४८ सालमा नेपाली काँग्रेसबाट काठमाडौंको सांसद निर्वाचित भएपछि ढुंगाना प्रतिनिधिसभामा सभामुख बनेका थिए । ८३ वर्षको उमेरका उनलाई अस्पताल पुर्याउँदा निधन भइसकेको बताइएको छ ।

ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । तत्काली विद्रोही माओवादी र सरकारबीचको वार्तामा सहजकर्ताको पनि भूमिका निर्वाह गरेका उनले गणतन्त्र स्थापनाका लागि भएको २०६२–०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्न सक्रिय थिए ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय वकालत पेशा अंगालेका थिए । उनी लगातार राज्य सत्ताको विपक्ष र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए ।

आइतबार, ०२ मंसिर, २०८१, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर