कोरोनाविरुद्धको औषधि हस्तान्तरण

विराटनगर । नेपाल होमयोपेथिक चिकित्सक संघले कोरोना महामारी विरुद्ध प्रतिरोधात्मक शक्ति निर्माण गर्ने औषधि सामाजिक विकास मन्त्रालय विराटनगरलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा.रवीन्द्र कुमार, महासचिव डा. रविप्रकाश राय र केन्द्रीय सदस्य डा.आषिश कुमारले प्रदेश नम्बर १ क्ँे सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई औषधि हस्तान्तरण गर्नुभएको हो ।

नेपाल माहेश्वरी परिषदका अध्यक्ष महेश सोनी र नेपाल माहेश्वरी समाज विराटनगरका अध्यक्ष नन्दकिशोर राठी पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो । दुवै संस्थाले संयुक्त रुपमा आर्सेनिक एल्बम ३० नामक औषधि हस्तान्तरण गर्नुभएको थियो ।

यो औषधि स्वस्थ मानिसले सेवन गरेमा उसमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने छ, जसको कारण कोरोना लगायतका भाइरसविरुद्ध लड्ने शक्ति शरीरले प्राप्त गर्ने दावी होमियोपेथिक चिकित्सक संघको रहेको छ ।

संघका महासचिव रविप्रकाश रायका अनुसार यसपटक एकसय व्यक्तिका लागि सो औषधि हस्तान्तरण गरिएको जनाउँदै दुइदिनका बीचमा थप ५ हजार मानिसका लागि हुने औषधि मन्त्रालयलाई हस्तान्तरण गरिने छ ।आगामी दिनमा प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार जस्ता अग्रमोर्चामा रहेर काम गर्नेहरुका लागि पनि सो औषधी उपलव्ध गराइने योजना रहेको महासचिव रायले बताउनु भयो ।

सो अवसरमा होमियोपेथिक चिकित्सा पद्धतिलाई कोविड १९को उपचार पद्धतिमा सामेल गराउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र पनि दिइएको थियो । जसमा कोरोनाको उपचारमा होमियोपेथिक ओषधि प्रभावकारी हुनसक्ने प्रमाण, उदाहरण र दस्तावेहरु पेश गरिएको छ ।

बिहिबार, ०१ जेठ, २०७७, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर