इटहरी अस्पतालको स्तरोन्नति गर्न माग

इटहरी । सुनसरीको इटहरी अस्पतालको स्तरोन्नतिका लागि इटहरीबासीले प्रदेश सरकारसँग माग गरेका छन् ।

इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको अस्पताल स्तरोन्नतीको लागि प्रदेश सांसद लिलम बस्नेतको नेतृत्वमा गएको टोलीले माग गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा अस्पतालको अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको टोलीले जनाएको छ । अस्पताललको लागि डेढ करोड बजेट माग गरेको अस्पतालको इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले बताउनुभयो ।

मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने बताएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले जानकारी दिनुभयो । निजी अस्पतालले सेवा बन्द गर्दा पनि इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक सञ्चालन, क्वारेनटाइन व्यवस्थापन, २४ घण्टा इमर्जेन्सी र प्रसूति सेवा लगायत स्वास्थ्य बिमा सेवा सञ्चालन गरिरहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट इटहरी अस्पताललाई औजार उपकरण सहित ३० लाख बजेट उपलब्ध भएको थियो ।

बिहिबार, ०१ जेठ, २०७७, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर