कस्तो रहन्छ आजको मौसम ?

विराटनगर । मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यद्यपि देशभर धेरै वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाको बुलेटिनअनुसार मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि कोशी, मधेश, बागमती र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहने छ ।

यस्तै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार, २२ असोज, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर