जातीय विभेद गर्ने पक्राउ

सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाकी एक महिलालाई पक्राउ गरेको छ ।

स्थानीय २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको हो।

उनलाई बुधवार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताउनुभयो। तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिवार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए ।

सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको मीनबहादुरको जाहेरीमा उल्लेख छ। नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ। (रासस)

बिहिबार, ०१ जेठ, २०७७, बिहानको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर