विराटनगर म्यूजिक फेस्टिबल हुने

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए ।

फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए । ‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीग्तिक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।

 

मङ्गलबार, १५ असोज, २०८१, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर