विराटनगर । बुधाबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार रुपन्देहीका १२, कपिलबस्तुका ८, पर्साका ३ र नबलपरासीका १ जनामा कोराना देखिएको छ । रुपन्देहीको प्रयोगशाला र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।
बुधबार नै नेपालगञ्जका १ र कपिलबस्तुका १ जनामा कोरोना देखिएको थियो । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । उनीहरुमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।