सप्तकोशीको टापुमा फसेकाहरुको उद्धारको लागि हेलिकप्टर ल्याइँदै

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पुगेका दुई दर्जन बढी मानिस समस्यामा परेका छन् ।

उनीहरुको उद्धारको लागि हेलिकप्टर मगाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीले जानकारी दिए । उनीहरुको उद्धारका लागि प्रदेश प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ लागेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार त्यहाँ २० देखि ३० जना मान्छे रहेका छन् ।

यसैबीच सप्तकोशी नदीमा पानीको बहाब ५ लाख ७ हजार प्रति क्यूसेक पुगेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।

शनिबार, १२ असोज, २०८१, दिउँसोको ०१:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर