अखिल क्रान्तिकारीको सचिव पदमा विराटनगरका यादवको दाबी

विराटनगर । नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको २३ औं राष्ट्रिय सम्मेलनमा विराटनगरका विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । भदौ १० गतेबाट सुरु भएको राष्ट्रिय सम्मेलनमा मधेशी तर्फको सचिव पदमा उम्मेदावरी दिने तयारी गरेको उनले बताए ।

“भ्रष्टाचारको अन्त्य र सुसासन सुनिस्चितताको लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी विद्यार्थीको पक्षमा २३ औं राष्ट्रिय सम्मेलन” भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय सम्मेलनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको छ । सहमति हुन नसके मतदानबाट नयाँ नेतृत्व निर्वाचित गर्ने तयारी रहेकोले यादवले समावेशी सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा लामो समय विद्यार्थीहरुको नेतृत्व गरेका यादव विद्यार्थीबिच लोकप्रिय छन् । नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुल गरेको विषयमा भएको आन्दोलनको यादवले कुशल नेतृत्व गरेका थिए । त्यसबाहेक विद्यार्थीहरुको पक्षमा भएका विभिन्न आन्दोलनमा प्रभावकारी र सफल नेतृत्व गर्दै आइरहेका यादव अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारीको भूमिकासहित थप सक्रिय हुने प्रयत्नमा छन् । उनले संगठनलाई कुनै पनि गुट तथा समूहको नभई विद्यार्थीको हक, हित र अधिकारका लागि संघर्ष गर्ने जुझारु र साझा संगठनको रुपमा अगाडि बढाउन आफ्नो भूमिका हुने बताएका छन् ।

राष्ट्रिय सम्मेलनबाट दुरदर्शी र सक्षम नेतृत्व निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् । उनले विद्यार्थी संगठनमा उमेर हद लागू हुनुपर्ने, विद्यार्थी संगठनलाई देशको शैक्षिक समस्या पहिचान गरी समाधानका लागि प्रयत्न गर्न सक्षम बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

शनिबार, १२ असोज, २०८१, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर