नेता रावल सुरक्षित

भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना पुष्टि

विराटनगर । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा परिचालित एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

भक्तपुरका एक पुरुषमा कोरोना पुष्टि भएको जानकारी हिजो राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो । ती पुरुष उनै सुरक्षाकर्मी भएको बताइएको छ । रामेछाप घर भएका २७ वर्षे जवानमा संक्रमण भएको हो । सशसत्र प्रहरीका जवान केही वर्षदेखि रावलको सुरक्षामा खटिएको र एक महिनादेखि बिदामा रहेको बताइएको छ । संक्रमित जवानको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपनि रावल भने सुरक्षित रहनुभएको छ । केही दिन अघि सुरु भएको प्रतिनिधिसभा बैठकको अघिल्लो दिन रावलको कोरोना परीक्षण गर्दा उहाँमा संक्रमण नभएको पुष्टि भइसकेको छ ।

बुधबार, ३१ बैशाख, २०७७, बिहानको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर