विराटनगर । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा परिचित बनेको विराटनगर– ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ ।
त्रिभूवन विश्वविद्यालय टियू इन्जिनियरिङ्ग अध्ययन संस्थान (आइओइ) द्धारा लिइएको बीइको प्रवेश परीक्षा र एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीप कलेजका विद्यार्थीलेहरुले सर्वोत्कृष्ट नतिजा ल्याएको हो ।
यस वर्षको प्रवेश परीक्षामा एमबीबीएसमा शिक्षादीप कलेजका पाँच जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । जसमा एमडी इमरान, पृथ्वी नारयण मण्डल, प्रशासन कुमार साह, टिका ज्ञावली र विभा कुमारी नायक रहेका छन् । एमडीले ४२ नम्बरमा एमबीबीएसमा नाम निकाल्न सफल भएका हुन् । त्यसैगरी इन्जिनियरिङ्गमा शिक्षादीपका चार जना विद्यार्थीले टप १०० भित्र नाम निकाल्न सफल भएका छन् । जसमा प्रशान्त कार्कीले १० औं नम्बरमा नाम निकालेका छन् । त्यस्तै गंगाराज अधिकारी, कुमुद गौतम र बिनय प्याकुरेलले इन्जिनियरिङ्गमा नाम निकाल्न सफल भएका हुन् । इन्जिनियरङमा संघीय राजधानीबाहिर विराटनगरबाट टप १०० भित्र नाम निकाल्न सफल हुने शिक्षादीप एक मात्र कलेज भएको दाबी गरिएको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउने गरेको प्रिन्सिपल खड्काले बताए । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पतालमा) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ ।
गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोउत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् ।