लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिनुभएको छ । दिनदिनै संक्रमित थपिरहेको सन्दर्भमा आर्थिक गतिविधि सुचारु गराउने नाममा भइरहेको खुकुलोपनाको प्रधानमन्त्रीले नै आलोचना गर्दै बन्दाबन्दीसँग कुनै सम्झौता गर्न नसकिने बताउनुभएको छ ।

अहिले जारी लकडाउनको औचित्य छैन भन्दै प्रधानमन्त्रीले मानिसको जीवन भन्दा आर्थिक गतिविधि महत्वपूर्ण हुननसक्ने पनि बताउनुभएको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भन्न नसकिने भन्दै प्रधानमन्त्रीले भन्नुभयो ‘सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।’
काठमाण्डौमा पछिल्ला दिनमा देखिएको भिडभाडलाई लकडाउन भन्न नसकिने र त्यसबाट रोग संक्रमण रोक्न नसकिने भन्दै प्रधानमन्त्री कडाइपूर्वक प्रस्तुत हुनुभएको बताइएको छ । यद्यपी आजको बैठकमा लकडाउन सम्वन्धी छलफलको एजेण्डा भने थिएन ।

मन्त्रिपरिषद बैठककै बीचमा पर्सा, रुपन्देही र कपिलवस्तुमा आज मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको खबर पुगेको थियो ।

प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा वैंक वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरु खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताउनुभएको थियो । उहाँले महामारी नियन्त्रणबाहिर जान नदिन सरकारले कठोर कदम चाल्नैपर्ने उनको भनाइ थियो ।

मङ्गलबार, ३० बैशाख, २०७७, दिउँसोको ०१:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर