बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मृतकका आफन्तहरुले हस्पिटल प्रशासन र उपचारमा संलग्न चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै अहिले अस्पतालमा नाराबाजी सुरु गरेका छन् । उनीहरुले हस्पिटल र उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको दायारामा ल्याउनुपर्ने माग राखेका छन् ।

बिहीबार राती ९ बजे घरमा खाना खाने क्रममा इसिकालाई सर्पले डसेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई तत्काल उपचारको लागि रंगेली अस्पतालमा लिएर आए । रंगेली अस्पतालमा उपचार नभएपछि उनीहरुले सर्पको उपचार हुने अस्पताल कोशीमा लैजाने भनेका थिए । तर, एम्बुलेन्स चालकले कोशीमा ठाउँ नभएको भन्दै सिटी हस्पिटलमा लिएर आएको मृतककी हजुरआमा निर्मलादेवी मुखियाले बताइन् । ‘हामीले त कोशी अस्पतालमा लगेर उपचार गरौ भनेको थियो । एम्बुलेन्स चालकले कोशीमा ठाउँ हुदैन भन्दै सिटी हस्पिटलमा लिएर आयो । त्यसपछि आइसियूमा राखेर उपचार भयो । यहाँका चिकित्सकले उपचारमा प्रयोग हुने मेडिसिन पनि कोशी अस्पतालबाट ल्याउन लगाउने गरेको थियो । उपचारको क्रममा ४० हजार रुपैयाँ पनि हामीले डिपोजिट गरेपछि मात्रै विरामीलाई हेर्न हस्पिटलले दियो । विहानसम्म राम्रो थियो । हामीलाई नातिनीले चिनेर बोलेको थिइन,’ हजुरआमा निर्मलाले भनिन्, ‘शुक्रबार साझमा आइसियूबाट चिकित्सक हिडेपछि हामीलाई शंका भयो । त्यसपछि नातिनी मृत्यु भयो भनेपछि हाम्रो होसवास उठ्यो ।’

यसरी बुझ्दै जाँदा विराटमा सर्पदशंको उपचार नहुने हस्पिटलमा ल्याएर चिकित्सकको लापारवाहीले नातिनीको मृत्यु भएको उनको भनाई छ । उपचारमा संलग्न चिकित्सक र हस्पिटललाई कारवाहीको दायारमा ल्याउनुपर्ने पीडित पक्षको माग छ ।

उपचारमा कुनै लापरवाही भएको छैन : डा सुमित घिमिरे
यता विराट सिटी हस्पिटलका बालरोग विशेषज्ञ डा. सुमित घिमिरेले उपचारमा लापरवाही नगरेको दाबी गरेका छन् । ‘हस्पिटल आइपुग्दा विरामीलाई स्वासप्रश्वासमा समस्या थियो । रंगेली अस्पतालमै अक्सिजनको लेभल २४ प्रतिशत मात्रै थियो । अस्पतालबै पायप लगाएर इन्टभेट गरेर ल्याएको थियो । विरामीको अवस्था यहाँ आइपुग्दा गम्भिर थियो । त्यसपछि हामीले भेन्टिलेरमा राखेर उपचार गरेका थियौ । एन्टिभेनम १८ एम्पुल दिएपछि विरामी होसमा आउनुभएको थियो । तर, अक्सिजन लेभल मेन्टन भएको थिएन,’ बालरोग विशेषज्ञ डा। सुनिलले भने, ‘हामीले बचाउन प्रयास गरेको हौं । उपचार गर्दै गर्दा पनि सकेनौं ।’

शुक्रबार, २५ साउन, २०८१, रातीको ०९:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर