विराटनगर । कोशी प्रदेश सरकारले आज शुक्रबार प्रदेशभरी सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्बजनिक बिदा दिइएको हो । अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा विदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विदाको निर्णय गरेको हो ।
यसअघि प्रदेशको क्यालेन्डरमै आदिवासी जनजाति दिवसमा विदा दिने उल्लेख थियो । तर, यो वर्ष क्यालेन्टरबाट कटाइएको विदा मन्त्रिपरिषदले निर्णय गरेर दिएको हो । संघीय सरकारले तोकेको अतिरिक्त प्रदेश सरकारले थप ६ वटा विदा दिने पाउने व्यवस्था छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगस्त ९ बाट विश्व अदिवासी दिवस मनाउने घोषणा गरेको थियो । यस अबसरमा शुभकामना दिदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्