विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले स्थापना दिवसको अवसरमा श्रावण २७ गते हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
२५ वर्ष पुरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा फोनिजले रजत वर्ष मनाउने भएको छ । सोही अवसरमा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ छनौट सम्बन्धी निर्णय सार्वजनिक गरिएको छ । फोनिजको संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको थियो । फोनिजले राष्ट्रिय पत्रकारिता सम्मानमा नगद सहित विजय रत्न तुलाधरलाई सम्मान गर्ने भएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट पुष्पहरि क्याम्पा राई लाई सम्मान गर्ने भएको छ । यस्तै फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१ बाट लौव अग्रासन ९थारु० सम्मानित हुने भएका छन् । फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु,विष्णु तामाङ, र खिमा गुरुङलाई सम्मान गर्न सिफारिस गरिएको फोनिज राष्ट्रिय पत्रकारिता सम्मान छनौट समितिका संयोजक समीर बलामीले बताए ।