वर्षाका कारण देशभरको १५ राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशभरको १५ राजमार्ग अवरुद्ध भएको छ।

१५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारण चतराबराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका(५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

बागमती प्रदेशको दोलखामा बाढीका कारण कालिन्चोक गाउँपालिका –४ झामार्सीस्थित चरिकोट सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।

यस्तै मकवानपुरमा पहिरोका कारण कान्ति लोकपथ सडक खण्डको भिमफेदी गाउँपालिका–८ कालोपहिरो र महादेवटारमा सडक अवरुद्ध छ। त्यस बाटोलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

उता सिन्धुपाल्चोकमा बाढीका कारण बलेफी गाउँपालिका–८ जुरेमा अरनिको राजमार्ग र मेलम्ची नगरपालिका(११ धितालबेशीमा मेलम्ची(जिरो किलो सडक अवरुद्ध भएकोमा एकर्फी सञ्चालन आएको छ।

गण्डकी प्रदेशको म्याग्दीको बेनी नगरपालिका(३ घुमाउने भिर, रघुगंगा गाउँपालिका(२ उपल्लो बैशरी र सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको बेगखोलाम गरी तीन ठाउँमा पहिरो गएको छ। जसकारण बेनी जोमसोम सडक खण्ड र बेनी दरवाङ सडक खण्ड पूर्ण अवरुद्ध भएको छ।

बागलुङको बागलुङ नगरपालिका१० डव्ल्याङमा पहिरो जाँदा कालीगण्डी करिडोरको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

लुम्बिनीको प्यूठानस्थित नौबहिनी गाउँपालिका–१, हाम्पालमा पहिरोका कारण स्याउलीवाबाग्दुला सडक खण्ड अवरुद्ध भएको छ भने दाङको घोराही उपमहानगरपालिक–१६ सेवार खोलामा बाढी आउँदा घोराही तुलसीपुर सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।

यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठ बिसकोट नगरपालिका–११ खरखरेमा पहिरो जाँदा भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।

मङ्गलबार, २२ साउन, २०८१, दिउँसोको ०१:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर