चाड नजिकिएसँगै बढ्यो तस्करी

तस्कारीको सामान सुरक्षा बिटकै अगाडि संकलन गरी ढुवानी गर्दा पनि अवैध धन्दा रोक्न प्रयास गर्दैन प्रहरी

सुनसरी । नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिंदै गइरहँदा नेपाल भारत सीमा क्षेत्रबाट हुने तस्करी पनि बढ्दै गएको छ । चाडवाड लक्षित वस्तुहरुको तस्करी यतिबेला सीमा क्षेत्रबाट ह्वात्तै बढेको छ । मोरङको सीमावर्ती क्षेत्रबाट हुने तस्करी केही दिनयता सुस्त भएको देखिए पनि सुनसरीका अधिकांश सीमा क्षेत्रहरुबाट हुने तस्करी फस्टाएको छ ।

यतिबेला आउँदै गरेको दसैंलाई लक्षित गरी तस्करहरुले भन्सार छलेर सामान ल्याउने र गोदाममा थन्काउने धन्दा चलाइरहेका छन् । मुख्य गरेर दैनिक उपभोग्य वस्तुहरुको तस्करी त्यस क्षेत्रबाट अचाक्ली बढेको हो ।

खुल्ला सिमानाका कारण जताततैबाट समान भित्र्याउने गरिएको सिमावर्ती स्थानीयवासीले जनाएका छन् । मासुका लागि कुखुरा, चल्ला, बाख्रा, पाडा र रांँगाहरू भित्रिने गरेका छन् । त्यसैगरी कपडा र चिनी पनि अत्यधिक भित्रिने गरेको एक स्थानीयले जानकारी दिए ।

भन्सार कर्मचारी, प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्पहरूको मिलोमतोमा मालसमान भित्र्याउने क्रम बढेको सुनसरीको भण्टाबारीका एक व्यापारीले बताए । उनका अनुसार दैनिक तीन–चार गाडी खाद्यान्य यसरी नै पोका पारेर भित्रिने गरेको उनको भनाइ थियो ।

सिमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमामा कडाइ गरे पनि साइकलमा खेतको बाटोबाट नेपाल भित्र ल्याउने र एक ठाउँमा संकलन गर्ने क्रम झन् बढको छ ।सिमावर्ती भारतीय भीमनगर, वीरपुरसहित सुनसरीको लौकहीस्थित बलहा बजारबाट छोटी भन्सारका कर्मचारी र नजिकैका प्रहरी चौकीको मिलोमतोमा मालसामान भित्रिने गरेको स्थानीयले जानकारी दिए । राति एसएसबी नभएको मौका पारेर तस्करहरू दशगजामै गाडी लिएर पुग्ने र सीमावर्ती गाउँमा संकलन गरी राखेका सामानहरु लोड गरेर ल्याउने गरिएको छ ।

भन्टाबारीदेखि लौकहीसम्मका विभिन्न ठाउँमा जम्मा गरेर राखिएका वस्तुहरु सार्वजनिक यातायातको साधन प्रयोग गरी इनरुवादेखि इटहरीसम्मका विभिन्न ठाउँका गोदाममा संकलन गर्ने गरिएको पाइएको छ । त्यसरी ल्याएको सामान इटहरी नजिकै रहेको कान्छी चोकको एक गोदाममा राख्ने गरेको पाइएको छ ।

कतिपयले प्रहरीकै स्कर्टिङमा तस्करीका वस्तुहरु ती गोदामसम्म पुग्ने गरेको स्थानीयको आरोप छ । ‘प्रहरीकै अगाडि सामान जम्मा गर्ने र ओसार्ने काम हुन्छ, प्रहरीले मालसमान लैजाने सूचि छ कि छैन त्यो हेरेर छाड्ने गरेको छ’ भण्टावारीका मोहमद परवेजले भने , ‘भन्सारका कर्मचारीले तस्करसँग प्रहरीलाई थाहा छ भन्दै छाड्ने गर्छन् । प्रहरीले रकम असुलीका लागि तस्करी गर्ने व्यक्तिहरुको सूचि नै बनाएर छाड्ने गरेका छन् ।’

सबैका लागि दसैं आउँछ, खर्च चाहिहाल्छ भन्दै भन्सार कर्मचारी र प्रहरीहरुले तस्करीलाई रोक्नुको साटो छुट दिने काम गरिरहेको र त्यसबाट सरकारले राजश्व गुमाइरहेकोप्रति स्थानीय भने असन्तुष्ट देखिन्छन् ।

भन्सार अनुमति नभएको कुखुरा र चल्ला आयातमा त भन्सार र क्वारेन्टाइनका कर्मचारी र प्रहरी बिच सहमतिमै तस्करी हुने गरेको स्थानीयको दाबी छ ।
‘सिमा क्षेत्रदेखि पाँच किलोमिटर दूरीमा छोटी भन्सार नाकाहरू छन् । कर्मचारी राजस्व उठाउनु भन्दा दसैं खर्च उठाउनमै तल्लिन छन्’ एक स्थानीयले भने, ‘तस्करहरु विभिन्न दल निकट भएकोले पनि कुनै दलले तस्करी रोक्न रुची नदेखाएका हुन् ।’ तर, सीमाक्षेत्रमा तस्करी रोक्न प्रहरीलाई सक्रिय बनाइएको सुरक्षानिकायहरुले दावी गर्दे आएका छन् । सशस्त्र प्रहरी बल भान्टाबारी गुल्मका डिएसपी सन्तोष अधिकारीले सीमा क्षेत्रबाट तस्करी नभएको र नाकामा कडाइ गरेको बताए । उनले आएका समानहरु तस्करी नभई भन्सार तिरेर ल्याइएको दाबी गर्दै भने ‘हामीले सीमा क्षेत्रको रेखदेख गर्ने हो चारैतिरको ठेक्का लिएका छैनौं, फेरि तपार्इँहरुले देखेको पोकाको सामान भन्सार तिरेको हो कि नतिरेको हो तपाईँहरु कसरी दाबी गर्न सक्नुहुन्छ ? अनि आफूले ल्याएको सामान गाडी नलगेर के मा लैजान्छन् त ।’ उनी तस्करी भइरहेको सूचनाप्रति गम्भीर बन्नु पर्नेमा उल्टै सबै ठाउँको तस्करी रोक्ने ठेक्का नलिएको प्रतिक्रिया दिइरहेका थिए । यदि त्यस्तो सामान भित्रिएकै भए पनि भन्सार नतिरेको भन्ने संचारकर्मीको आशंकाप्रति नै प्रतिवाद गर्न उद्यत देखिए ।

यसबिच भारतबाट दैनिक रुपमा प्रहरीसँग मिलेमतो गरेर तस्करी गर्दै आएकी एक महिलाले सार्वजनिक बसमा हामीलाई प्रतिक्रिया दिँदै भनिन् ‘मैले प्रहरीलाई मासिक तीन हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बुझाउँछु, कति सामान पास गर्न सकिन्छ त्यसै अनुसार पैसा दिनुपर्छ ।’ ड्युटीमा रहेका प्रहरी जवानलाई जनही ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म

सोमबार, २१ साउन, २०८१, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर