खोटाङ । खोटाङ जिल्ला कारागारका नाइकेमाथि आक्रमण गर्ने सात जना कैदीबन्दीको कारागार सरुवा गरिएको छ ।
नाइकेमाथि आक्रमण गर्ने सन्तोष परियार, सुवास विक र कारागारमा उत्छृङखल गतिविधि गर्ने अन्य ५ जनालाई जेल सरुवा गरिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका नाइके कार्कीमाथि आक्रमण गर्ने परियार र विकसहित उत्छृङखल गतिविधि गर्ने कर्मा शेर्पा र निश्चिल श्रेष्ठलाई रौतहट गौर कारागार र कैदीबन्दी विक, इन्द्र पौडेल र प्रेम पुरीलाई वीरगञ्ज कारागारमा सरुवा गरिएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार बुधबार बेलुका परियार र विक मिलेर औषधीको विषयलाई लिएर नाइके कार्कीमाथि आक्रमण गरेका थिए ।
परियार ठगी मुद्दामा र विक डाका मुद्दामा सजाय काटिरहेका कैदीबन्दी हुन् । ९९ क्षमताको खोटाङ कारागारमा अहिले १४७ कैदीबन्दी छन् ।