काठमाडौं । त्रिशूलीमा बेपत्ता बसको खोजीका लागि आएको भारतीय गोताखोरको टोली आइतवार फिर्ता भएको छ । गत असार २८ गते
काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेर बेपतत भएका थिए ।
भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परेर बस त्रिशूलीमा खसेका थिए । बसमा गरी ६५ जना यात्रु सवार थिए । त्यसमध्ये तीन जना जीवितै फेला परेका थिए ।
२४ जनाको शवमात्रै फेला परेका छन् भने अन्य यात्रु र बस बेपत्ता छन् ।
त्रिशूलीमा नदीमा बेपत्ता वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना यात्रु र काठमाडौंबाट गौर जाँदै गरेको गणपती वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बसमा २७ जना यात्रु सवार थिए ।
साउन ६ गते भातरबाट १२ जनाको टोली त्रिशूली पुगेको थियो । १२ जनामध्ये चारजना गोताखोर र आठजना प्राविधिक टोली आएका थिए ।
उनीहरुले २ वटा सोनार क्यामेरा र बस खोजीका लागि चुम्बक ल्याएका थिए । १९ किलोको चुम्बक भने भारतीय टोलीले खोजीकै क्रममा त्रिशूलीमा हराएको छ । एक हप्ता उद्धारमा खटिएको टोलीले बस फेला नपारेपछि भने आइतबार भारत फर्किएका छन् ।