होटलमा अनैतिक धन्धा, प्रहरीको जोडि अप्रेशन

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा संचालित रहेको होटलहरुमा प्रहरीले जोडि अप्रेशन सञ्चालन गरेको छ । विराटनगरमा संचालनमा रहेको होटलहरुमा अनैतिक क्रियाकलाप बढ्ेको भन्दै प्रहरीले जोडि अप्रेशन सुरु गरेको हो । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा समेत लिएको छ ।

विराटनगर–९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालकलाई समेत नियन्त्रणमा लिएको हो । जनगुनासो संगै सुराक आएपछि प्रहरीले जोडि अप्रेशन संचालन गरेर करिव १९ जनालाई नियन्त्रणमा लिएर छोडिएको छ ।

विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान÷श्रीमती, बालिका समेत लिएर कोठामा बसेकाहरु पक्राउ परेका छन् । श्रेष्ठ गेष्ट हाउसका सञ्चालकले बिना दर्ता व्यक्तिहरु राखेको पाइएकोले उनलाई समेत सोधखोजका लागि लगिएको छ । अप्रेशन जारी छ, मनपरी तरिकाले मान्छे राख्ने काम गर्नु गलत छ ।पहिलो पटक सवैलाई सम्झाएर नजिकको आफन्तको जिम्मा लगाएको उनले बताए ।

केहि वर्ष अघि मोरङमा संचालित होटल तथा लजमा हुने गैर कानुनी तथा अपराधजन्य क्रियाकलापलाई निष्तेज पार्ने गरिएको चार वुदे निर्णय भएको थियो । तर हाल सो निर्णय कार्यावन्यनमा नरहेको अवस्था छ । डिएसपी बुद्ध श्रेष्ठले भने –‘ निर्णय कार्यान्यन नगरेको पाइए कारवाहीको दायरामा ल्याउने छौं । अव निरन्तर जोडि अप्रेशन गर्ने छौ ।

प्रहरीले संचालन गरेको जोडि अप्रेशनको बेला पनि अधिकाशं होटलले बास बस्न आउने ग्राहकको कुनै रेर्कड नराखिएको पाईएको छ ।
होटल तथा लजमा वास वस्ने आउने अपराधी क्रियाकलापका व्यक्ति तथा यौण गतिविधी गर्ने आउने ग्राहकसंग निर्णय बमोजिम पहचान खुल्ने रेकर्ड राख्न थाले ग्राहक नआउने मनोवृतीले होटल व्यवसायहरुले भुठो विवरण उल्लेख गदै चार वुदे निर्णय कार्यान्वयन नरि आफ्ना व्यवसाय संचालन गरिदै आएको छ ।

मोरङमा संचालनमा रहेको मझौला, साना होटल लज तथा गितगजलहरुमा हुने गैर कानुनी तथा अपराधजन्य कृयाकलाप नियन्त्रण तथा अनुसन्धानमा सहयोगका साथै स्वच्छ व्यावसायीक बताबरणको सृजना गर्ने चार वुदे निर्णय गरिएको थियो । होटल ब्यवसायीहरुले होटलमा वस्न आउने गा्रहकको परिचय खुल्ने गरी परिचय पत्र माग्ने साथै सम्पर्क नम्वर राख्ने, एक जना भन्दा बढी ग्राहक आएमा सवैको परिचय पत्र र सम्पर्क अनिवार्य राख्ने, कुनै ग्राहकले श्रीमान श्रीमती बनेर आएमा यथासंभव दुवैको नाम र सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नु पर्ने तथा सवारी साधन ल्याएमा उसको सवारी साधन नम्वर र लाईसेन्स नम्वर र जारी अञ्चल पनि उल्लेख गर्ने ,ग्राहक आएको र गएको समय समेत उल्लेख गर्नु निर्णय जिल्ला प्रहरी कार्यालय तत्कालिन प्रहरी उपरिक्षक निरज शाहीको अध्यक्षताका २०६९ फाल्गनु २६ गते वसेको वैठकले गरेको थियो ।

नगर क्षेत्रमा संचालित रहेको होटल तथा लजहरुमा अपराधिक गतिविधिमा संगलग्न तथा यौण क्रियाकलाप हुने गरेको व्यापक रुपमा मोरङ प्रहरीमा जनगुनासो आएपछि प्रहरी सर्च गर्दा यस्तो रहस्य अहिले बाहिर आएको हो । पहचान सहितको रेर्कड होटल व्यवसायीले नराख्ने गरेकोले अपराधीक घटनामा संग्लन व्यतिmहरु लाई पक्राउ गर्ने कठिनाई हुने गरेको भन्दै होटल व्यवसायी सहमतिमा गरिएको चार वुदे निर्णयलाई कार्यान्वयन गर्दा यौण जन्य जस्ता अनैतिक गतिविधी तथा अपराधीका गतिविधिमा संगल्गन ग्राहक नआउने डरले होटल व्यवसायीहरुले निर्णय कार्यान्वयन गर्ने आलटाल गरेको बताईएको छ ।

नगरमा संचालित अधिकाशं होटलहरु घण्टाको हिसावले भाडामा दिने गरेको बताईएको छ । घण्टाको ५ सयका दर कोठा भाडामा दिने गरेकोले पहचान सहितको रेर्कड माग्ने थाले ग्राहक नआउने डरले होटल व्यवसायी झुटो विवरणमा कोठा उपल्बध गराउने गरेको बताइएको छ।

विराटनगरमा साना तथा मझौला व्यवसायी संघ संग आवद्ध सात सय , होटल तथा पेय पदार्थ व्यवसायी संघ संग आवद्ध १४सय तथा क्षेत्रिय होटल संघ संग आवद्ध गरी साना तथा ठुला गरि करिव २ हजारको हराहरीमा होटल तथा लज संचालनमा रहेका छन् ।

आइतबार, १३ साउन, २०८१, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर