बलात्कार आरोपी पक्राउ

उर्लाबारी । मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार विहान पक्राउ परेका हुन् ।

आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानका लागि उर्लाबारी ईलाका प्रहरी कार्यालयमा बुझाएको ईलाका प्रहरी मधुमल्लाका सई रामकाजी कटुवालले जानकारी दिनुभयो । बलात्कारमा परेकी बालिका हाल संरक्षण गृहमा छन् ।

लकडाउनको समयमा घरमा एक्लै भएको मौका पारेर छिमेकी धिरेनले दलित बालिकालाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेको बताइएको छ । प्रहरीले धिरेनलाई जर्वदस्ती करणी मुद्दा दर्ता गराएको छ ।

आइतबार, २८ बैशाख, २०७७, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर