गड्तौला बनिन् नेपालको प्रथम महिला मुख्यसचिव

काठमाडौँ । सरकारले लिलादेवि गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायम मुकायम मुख्यसचिव रहेका गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले असार ९ गते कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

असार ३१ गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री कार्यालयमा रहेकी सिनियर सचिव उनी मुख्यसचिव नियुक्त भएकी हुन् ।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् । उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन् । निजामती सेवा ऐन २०४९ अनुसार मुख्य सचिवको कार्यकाल तीन वर्ष र सचिवको पाँच वर्ष हुन्छ ।

बिहिबार, १० साउन, २०८१, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर