देशभर फैलियो मनसुन, कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशभर फैलिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते देखी कोशी प्रदेशको पूर्वी भागमा प्रवेश गरेको थियो ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

मङ्गलबार, १२ असार, २०८१, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर