मधेस प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

विराटनगर । मधेस प्रदेश सरकार बाट एकीकृत समाजवादी बाहिरिएको छ। एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

मधेस प्रदेशमा नेकपा एसका दुई जना मन्त्रीहरु सरकारमा सहभागि भएका थिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री कार्यालयमा गएर राजीनामा पत्र बुझाएका हुन्।

एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले बताइन्।

मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन्।

नया समिकरणमा नेकपा (एमाले)सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन्।

मङ्गलबार, २२ जेठ, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर