विद्युत् व्यापारमा नेपालको नयाँ इतिहास : प्रधानमन्त्री

विराटनगर ।अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु गरीएको छ । व्रेक थ्रु गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सङ्खुवासभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको उनले बताए ।

‘विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रसमेत सहभागी हुनेगरी कानूनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत् आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,ु प्रधानमन्त्री प्रचण्डले भने, ुआगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।’​

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।

मङ्गलबार, २२ जेठ, २०८१, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर