नीति कार्यक्रममा कांग्रेसको टिप्पणी : नारा राम्रा छन्, तर कार्यान्वयनमा चुनौती

विराटनगर । कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यान्वयनमा चुनौती रहेको प्रतिक्रिया दिएको छ ।​

सुन्दा नारा राम्रो भए पनि कार्यान्वयनमा चुनौती हुने, कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए ।​​नीति तथा कार्यक्रम सार्वजनिक पछि प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै तामाङले अहिले हेर्दा राम्रो भए पनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।

‘विगतका अभ्यासहरू हामीले नहेरेको होइन,’उनले भने,‘हिजो जस्तै यो पनि कार्यान्वयनमा गएपछि थाहा हुन्छ ।’नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नारा सधै राम्रो आउने गरेको उनले बताए ।

सत्ता बहिर्गमनपछि सरकारको विरोध गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएको हो । ​यस अगाडीका दुईवटा बैठक बहिस्कार गरेको काग्रेस आजको वैठकामा भने सहभागि भएको थियो । निति तथा कार्यक्रममाथिको छलफमा समेत सहभागि हुने काग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार कोशी सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गरेका थिए ।

सोमबार, २१ जेठ, २०८१, साँझको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर