कोशी सरकार सबै खालका विभेद अन्त्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवसको शुभकामना व्यक्त गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै खालका विभेद अन्त्य गर्न क्रियासिल रहेको बताएका छन् ।

सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै खालका विभेदहरु अन्त हुँदै जाने बताउँदै उनले जातीय विभेद हटाउन तीनै तहका सरकार र नागरिक समाज लाग्नुपर्ने बताए । वर्गीय, जातीय, क्षेत्रीय, लैगिंक विभेद अन्त्य गरी समृद्ध, न्यायपूर्ण समाज र समाजवाद उन्मुख राज्यको संकल्प संविधानले नै गरेकाले यस परिपेक्षमा सबैले मिलेर हातेमालो गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरे ।

२०६३ साल जेठ २१ गते नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएपछि जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवस मनाउन थालिएको हो ।

सोमबार, २१ जेठ, २०८१, दिउँसोको ०२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर