याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गर्न दबाब

विराटनगर । याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिदै कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले बिहीबार कोशी प्रदेश सरकारलाई याक्थुङ (लिम्बू) भाषालाई कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख कार्यालयमा, मुख्यमन्त्री हिक्मत कुमार कार्की, सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुनीमन्त्री लिलाबल्भ अधिकारीलाई ज्ञापनपत्र बुझाइएको अभियन्ता अमित थेवेले जानकारी दिए । उनीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि शान्तिपूर्ण रूपमा धर्ना समेत दिएका थिए ।

शुक्रबार, १८ जेठ, २०८१, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर