कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना

विराटनगर । आइतबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।

राति कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एक९दुई स्थानमा मेघगर्जन, चट्याङ र हवा हुरीसहित हल्का वर्षाको सम्भावना छ। राति कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्ल्खे छ।

आइतबार, १३ जेठ, २०८१, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर