विराटरनगर । नेपाल र भारत बिच भएको बहुचर्चित कोशी सम्झौता अनुसार कोशी परियोजनाको काम गर्न भारतीय गाडी नेपालमा चलाउन पाइन्छ । नेपाली भुभागमा कोशी बाँधको मर्मतसम्भार गर्न आउने प्राविधिक र ठेकेदारले भन्सार शुल्क नतिरी भारतीय नम्बर प्लेटको गाडी नेपालमा कुदाउने सम्झौतामा उल्लेख छ ।
तर, पछिल्लो समयमा कोशी परियोजनामा काम गर्ने भन्दै भन्सार दस्तुर नतिरी कयौं भारतीय नम्बरका गाडीहरु चलाइने गरेको पाइएको छ । भन्सार शुल्क नतिरी झुटा विवरणका आधारमा कतिपय भारतीय गाडीहरु अनुमति नलिई नेपालमा चलिरहेको भए पनि ट्राफिक प्रहरीले त्यसलाई नियमन गर्न सकेको छै ।
अन डियुटी रहेको सूचना टाँसेर नेपालमा भारतीय गाडीहरु भन्सार बिनै चलाउने गरेको पाइएको सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरका सहायक सह–भूआर्जन सम्पर्क अधिकृत विजयकुमार सिंहले जानकारी दिए ।
कोशीमा काम गर्ने ठेकेदारलाई कार्यक्षेत्र तोकेर निश्चित समयको लागि मात्रै आफूहरुले नेपालमा भारतीय गाडी कुटाउने अनुमतिको सिफारिस गर्ने गरेको उनले बताए । उनका अनुसार हाल सप्तरी र सुनसरीको विभिन्न क्षेत्रमा हुने गरेको र काम गर्ने ठेकेदारलाई आधा दर्जन गाडीको सिफारिस मात्रै गरेको छ ।
तर सिफारिसको म्याद सकिए पनि कोशी परियोजनाको अन ड्युटी लेखिएको सूचना राखेर सधंै नेपालमा गैरकानुनी रुपमा भारतीय गाडी कुटाउने गरेको उनले बताए । प्रहरी र ट्राफिक प्रहरीले निगरानी नगरिदिँदा गैरकानुनी रुपमा भारतीय गाडी नेपालमा बिना भन्सार व्यक्तिगत काममा प्रयोग हुने गरेको सहायक अधिकृत सिंहले बताए । केही दिनको अवधिमा सप्तरीको भारदहमा दुई जनालाई तीन वटा गाडी र एउटा मोटरसाइकलको सिफारिस गरेको जनाएको छ । तर परियोजनाको काम गर्ने गरेको भन्दै नेपाली सप्लार्यसहरुले समेत गैरकानुनी रुपमा नक्कली सिफारिसको सूचना टाँसेर गाडी कुटाउने गरेको बताइएको छ ।
सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरले श्रीकार्यपालक अभियन्ता पूर्वी तटबन्ध प्रमण्डल बीरपुरको लिखितमरुपमा भारतीय गाडी तथा मोटरसाइकल कोशी योजनाको कार्यक्षेत्रमा आगमन गर्न अनुमति दिन्छ । कार्यआवश्यकता हेरी कोशी सम्झौताको दफा सात (७) अनुसार लिखित रुपमा बिना शुल्क भारतीय गाडी कुटाउन सकिने सिफारिस दिन्छ । सिंहका अनुसार म्याद सकिएसँगै नेपालमा भन्सार बिना गाडी कुटाउन मिल्दैन । तर कोशी परियोजना क्षेत्र भन्दा बाहिर पनि सोही सिफारिसमा गाडी कुटाउने गरेको छ उनले भने –‘ सम्झौता अनुसार म्याद सकिए पछि भन्सार कटाएर सवारी चलाउने हो भने उक्त सिफारिस टाँस गर्नु गैरकानुनी हुनजान्छ ।’
पटकपटक ट्राफिक प्रहरीलाई आग्रह गरे पनि नियन्त्रण हुन नसकेको उनले बताए । यस्तो कार्यले कोशी सम्झौताको उल्लंघन भएको उनको भनाइ छ ।
पछिल्लो समय भारतसहित कोशी टटियक्षेत्रका अगुवा र राजनीतिकर्मीहरु बढी दुरुपयोग गर्दे आएको बताइएको छ । कोशीमा मर्मत र सम्भार हुँदा चाहिने सामग्रीको सप्लाई गर्ने सप्लार्यसहरु पनि निजी चढ्न भारतीय गाडी किनेर परियोजनाको सिफारिस टाँसेर भारतीय गाडी कुदाउने गरेको सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरले जनाएको छ ।
कतिपयले नक्कली सिफारिस बनाएको सूचना आएको छ सहायक अधिकृत सिंहले भने –‘कसले रोक्ने ? बदनामी हाम्रो हँुदै छ ।’ उता ट्राफिक प्रहरी कार्यालय कोशीका प्रमुख सरोज पौडेलले सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरले सिफारिस दिएको गाडीको नम्बर पठाए कारवाहीको दायरामा ल्याउन सजिलो हुने बताए । उनले भने ‘अबका निगरानी बढाउँछौं तर सिफारिस दिएका सवारीको नम्बर हामीलाई उपलब्ध हुँदा सहज हुन्छ ।’