नेप्से बढ्यो,कारोबार घट्यो

विराटनगर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३.९४ अंकले बढेर बन्द भएको छ।२११५.९४ विन्दुमा बन्द भएको हो । । कारोबार रकम भने घटेको छ । पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक र व्यापार समूहको परिसूचक घटेको हो । फाइनान्स, हाइड्रोपावर, वाणिज्य बैंक तथा माइक्रोफाइनान्स समूहका कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । यी समूहको परिसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।

फाइनान्स समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । विकास बैंक समूहको ०।२९ र व्यापार समूहको परिसूचक ०.५३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१९४ कम्पनीको सेयर मूल्य बढेको छ । ४३ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ । जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

मङ्गलबार, ०८ जेठ, २०८१, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर