पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख काटेको विरोधमा मेची राजमार्ग र तमोर करिडोर यातायात बन्द

विराटनगर । पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा आज मेचि राजमार्गबन्द गरिएको छ । ताप्लेजुङ जिल्ला सहित मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको हो ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाले बन्दको आवहान गरेका हुन ।
बन्दका कारण मेची राजमार्ग र तमोर करिडोरमा चल्ने लामो दूरीका यातायातका साधन चल्न नसकेको स्थानीयले बताएका छन् ।

बुधबार र बिहीबार दुई दिनका लागि आह्वान गरिएको बन्दमा केबलकार बनाउने योजना खारेज गर्नुपर्ने र रुख काटेकोमा सार्वजनीक माफी माग्नुपर्ने माग राखिएको छ । केबलकार निर्माणका लागि ठेकेदार कम्पनीले सोमवार देखि रुख काटेको थियो ।

 

बुधबार, ०२ जेठ, २०८१, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर