पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको छ : मन्त्री राई

ओखलढुङ्गा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उने पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको बताएका छन ।

शनिबार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका हुन ।

मन्त्री राईले देशका कतिपय ठाउँमा अझै खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए। पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उनको भनाइ छ ।

‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ’, मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आमनागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।’ आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेकाले बजेट व्यवस्था गरिदिन मन्त्री राईलाई आग्रह गरे ।

शनिबार, २९ बैशाख, २०८१, दिउँसोको ०४:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर