विराटनगर । बाटोघाटो र चौतारीमा भेट हुँदा हालखबर सोधनीको संवाद राम्रै चल्ने गरेको थियो । अचानक मोबाइलमा आएको मिस्डकलले बोल्दै जादाँ चिनजान भएको थियो । उस्तै उमेर नभए पनि भेटहुँदा त अझ आपसी सुखदुःखका कुरा साट्न चिया कुरिन्थ्यो । एक–अर्काको सुनिन्थ्यो । आफ्ना हालखबर भनिन्थ्यो । ‘अहिले त साथीको फोन आउँदा तनाव हुने गरेको छ । उसको मोबाइलले सन्देश आउन साथ उतै बोल्न थाल्छु’ विराटनगर ७ मा डेरा गरी बस्ने मनोज खड्गा (परिवर्तीत नाम)ले भने ‘आफ्नो मोबाइल बज्छ । आफू पनि बोल्नै प¥यो । यो मोबाइलले व्यवहारै बिगारेको छ ।’
दैनिक चारपाँच ओटा नम्बरबाट मिस्डकल आउने र कलब्याक गरेपछि विभिन्न धम्कीको सामना गर्नुपरिरहेको उनले बताए । ‘एक दिनको मिस्डकलबाट चिनजान भएर बोल्दै जाँदा भेटघाट भयो, त्यसपछि दिनरात फोन गरेर भेट्न बोलाएर हैरान पारिसके,’ उनले भने ।केही वर्षअघि सप्तरीको ग्रामीण क्षेत्रबाट विराटनगरमा पढ्न आएका १९वर्षे किशोरको मोवाइलमा मिस्डकल आयो । नचिनेको नम्बरबाट आएको फोन फर्काएका ती युवकको अवस्था झण्डै बिजोक हुनपुगेको थियो ।
ती महिलाले कहिल्यै नदेखेको र नचिनेको व्यक्तिलाई मिस्डकल गरेको र कलब्याक गरेपछि बोल्दैजाँदा उनीहरुबीच दुई वर्षसम्म प्रेम सम्बन्ध भएको थियो । महिलाले विराटनगर पढ्न आएका किशोरलाई प्लेन चढाएर काठमाण्डौसम्म पु¥याएर घुमाउने गरेको पीडित किशोरले बताए ।
‘आफूलाई विश्वासमा लिएर शारीरिक सम्बन्ध स्थापित गरी उनी आफ्नो यौन चाहना पूरा गर्थिन्,’ ती किशोरले भने ‘जब मेरो पढाइ सकियो तब बाहिर जाने तयारी गरें तर उनले निरन्तर भेट्न बोलाउन थालिन् । मैले उनको कुरालाई बेवास्ता गरेर घरमा बस्न थालें त्यसपछि पुरानो भिडियो र फोटाहरु अभिभावकलाई पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्न थालिन् । त्यसपछि मेरो करियर नै सकिने जोखिम बढेको छ,’ उनले भने ।
उनले भने ‘सुरुमा उनले पनि भरअभर सहयोग गरिन् । मैले पनि उनले भनेको कुरा मानें, तर अहिले अप्ठ्यारो हुनथाल्यो । हुँदा हुँदा आफ्नै घरमा डेरा सर्न भन्दै दबाब दिइरहेकी छन् ।’
यस्तै समाजिक सञ्जालबाट चिनजान भएकी महिलाबाट विवेक यादव ( नाम परिवर्तन) पनि हैरानीमा परेका छन् । फेसबुकमा कुरा गर्दैजाँदा उनीहरुबीच सम्बन्ध भयो । प्रेमी प्रेमिकाको रुपमा उनीहरुबीच निरन्तर भेटघाट हुन थाल्यो । यादवले भने ‘करिब एक महिना हरेक दिनजसो उनकै घरमा भेट्न गएँ । दुई महिनापछि आफू गर्भवती भएको भन्दै उनले तनाव दिन थालिन् । सुरुमा आपूm सुरक्षित भएको विश्वास दिलाइन् तर पछि ब्ल्याकमेलिङ गर्दै पैसा माग्न थालिन् । सप्तरी छिन्नमस्ताका राकेश मण्डलले पनि त्यस्तै पीडित हुन् । यद्यपि उनीसँग महिलाको भेट भने भएन जसले उनी ठगिन र शोषणमा पर्नबाट जोगिए ।
‘सुरुमा पटक पटक फोन आयो, विस्तारै बोल्दै गएँ तर घेट्न बोलाएर निकै हैरान गर्न थालेपछि मैले राजविराजमा भेट्न आउन भनें, त्यसपछि उनले मोवाइलमा रिचार्ज गरिदिए आउने बताइन् । मैले दुईचार पटक रिचार्ज पनि गरिदिएँ त्यसपछि मलाई चाहिँदो नचाहिँदो म्यासेज पठाउन थालिन् त्यसपछि मैले मोवाइल नम्बर नै परिवर्तन गरें ।’
त्यस्तै सप्तरी हनुमान नगरपालिका मधवापुर ४ का दानालाल मण्डल दश वर्ष अगाडिसम्म मोवाइलमा बोलेको देख्दा अचम्म मान्थे । छिमेकीहरु मोवाइलमा बोलेको सुन्दा ठुलो मानिस सम्झन्थे । तर अहिले समय फेरिएको छ र हरेकको हातमा मोवाइल फोन छ । मोवाइलले सञ्चार सुविधासँगै समाजमा यस्ता विकृतीहरु पनि फैलिएको उनको बुझाइ छ ।
उनी भन्छन् ‘ग्रामीण क्षेत्रका युवाहरु अबेर रातिसम्म गाउँका चोक तथा गल्लीमा बसेर चर्को स्वरमा बोल्ने, गेम खेल्ने, अश्लील बोली बोल्ने जस्ता नकारात्मक व्यवहारका लागि मोवाइल फोनको दुरुपयोग भइरहेको देख्छु ।’ मोवाइल फोनको माध्यमबाट किशोरावस्थाका युवाहरु फस्ने, शोषणमा पर्ने आदि समस्या देखिने गरेको भन्दै नचिनेका मानिससँग कुरा गरेकै आधारमा नजिकिन नहुने सुझाव उनी दिन्छन् ।